कांग्रेसले आगामी शनिबार बोलायो केन्द्रीय समितिको बैठक : भातृ संस्थाहरुको बारेमा छलफल हुने



१७ फागुन, काठमाडौं –

आगामी शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।कांग्रेसाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागी अनुरोध गरेका छन ।

शनिबारको बैठकमा भ्रातृ संगठनहरुको विधान संशोधन लगायतका बिषयमा छलफल हुने कांग्रेस पार्टी कार्यलयले जनाएको छ । शनिबारको बैठकमा नेविसंघका बारेमा छलफल हुने सम्भाबना बढी रहेको कांग्रेसका एक केन्द्रिय सदस्यले बताएका छन । केहि दिन अघी पार्टी सह-महामन्त्री प्रकाशशरण महतले नेविसंघको तदर्थ समिती छिटै गठन हुने बताएका थिय ।

हाल नेविसंघ नेतृत्व बिहिन रहेको छ भने पार्टी नेताहरुलाई नेविसंघ र अन्य भात्री संस्थाहरु तर्फ ध्यान नदिएको भात्री संस्थाका नेता कार्यकर्ताहरुले गुनासो गर्ने गरेका छन ।

नेविसंघ बाहेकाका अन्य भात्री संस्थाहरुको पनि समयमा महाधिबेशन नभएकोम भात्री संस्थाका नेता कार्यकर्ताहरुमा अन्योल बढ्दै गएको छ ।

अहिलेको अवस्थामा पार्टीलाई थप बलियो बनाउन भात्री संस्थाहरु ब्यबस्थित र चलायमान हुनुपर्ने उनिहरुको भनाइ रहेको छ ।

 

 

प्रकाशित मिति : चैत्र १७, २०७५ आइतबार  २ : १७ बजे