थप ३०० जनामा संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ पुगेको छ।

गत २४ घण्टामा देशभर १ हजार ९८१ पीसीआर तथा २ हजार ६०९ एन्टिजेन परीक्षण भएको छ।

मंगलबार १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ४५७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : भाद्र २१, २०७९ मंगलबार  ४ : ४२ बजे