बारा चैत, १८–
आईतवार आएको भिषण आँधी हुरीमा परी बारा र पर्सामा मध्यरातसम्म बारामा २७ जनाको ज्यान गएकोमा पर्सामा थप पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ । ति जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३२ जनाको मृत्यु भएको हो । २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालका अनुसा भिषण आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर धेरै जनाको ज्यान गएको हो । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ४०० भन्दा बढि मानिस घाइते भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राति ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिएका छन् ।
बाराको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा च्यापिएर तीन जनाको ज्यान गएको छ । त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेको केन्द्रले जनाएको छ । यस्तै घरहरु पनि भत्किएका छन् ।










