कांग्रेस सभापति देउवाले बिनाशकारी आँधीबाट घाइतेहरुलाई अस्पताल पुगेर भेटे



काठमाडौं चैत, १९–
हावाहुरी पीडितलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उक्त क्षेत्रमा पुगेका छन् । सभापति देउवा मंगलबार बिनशकारी आँधी प्रभावितहरुलाई भेट्न पुगेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले हावाहुरीका कारण घाईते भएकाहरुलाई आज बिहानै वीरगञ्जको नारायणी अंचल अस्पतालमा पुगेर भेटेका हुन् ।
देउवाले घाइतेहरुको उपचारमा अझै चुस्तता आवस्यक रहेको भन्दै सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने आबश्यक देखिएको बताए । उनले आफूले सरकारलाई त्यस्को प्रबन्ध मिलाउन आग्रह गर्ने पनि बताए ।

यसअघि सोमबार नेपाली कांग्रेसले हावा हुरी प्रभावितहरुलाई संघीय संसदका सांसदहरुको तर्फबाट दुईदिनको तलब दिने निर्णय गरेको थियो । त्यस्तै कांग्रेसले सोमबार नै उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा आफ्ना स्थानीय नेता तथा कार्यकर्ताहरूलाई उद्धार र राहतको कार्यक्रममा लाग्न निर्देशन दिएको थियो ।
आइतबार राति आएका चक्रवातमा परी २९ जनाको मृत्यु भएको छ भने करीव ७ सय घाइते भएका छन् ।

प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार  ५ : ५८ बजे