थप ११० जनामा कोरोना संक्रमण पुष्टि १ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ७५२ पीसीआर तथा २ हजार ७५ एन्टिजेन परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ।

त्यस्तै, सोही अवधिमा १२६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  ४ : ३९ बजे