शेखर कोइराला समूहले ४० प्रतिशत सिट नछोड्ने



नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी निर्वाचनमा ४० प्रतिसत सिटमा दाबी गरेको छ । शनिबार ठमेलको मर्स्याङ्दी होटलमा शनिबार भएको कोइरालाले समूहको बैठकले आगामी निर्वाचनमा ४० प्रतिसत सिटमा दाबी गरेर अघी बढ्ने निचोड निकालेको बैठकमा सहभागी एक केन्द्रिय सदस्यले न्यू सञ्चारलाई जानकारी दिए ।

बैठकले कोइराला समूहबाट चुनाब लडेका पार्टिका सहमहामन्त्रीहरुलाई आ-आफ्नो प्रदेशका उम्मेद्वारहरुको बारेमा गृहकार्य गर्ने जिम्मेवारी दिएको पनि उनले बताए ।

बैठकमा सहभागी नेताहरुले ब्यक्तीहरुको बारेमा भन्दा पनि नितिगत रुपमै पार्टीभित्रको शक्ती सन्तुलन अनुसारको ब्यबस्थापन कार्यन्वयन गराउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा एकपक्षिय टिकट बितरण गरेर अन्याय हुने अवस्था भए विद्रोह गर्ने र देशैभरिका नेता कार्यकर्ता निस्क्रीय बस्ने अवस्था आए पार्टिका लागिनै क्षति हुने नेताहरुले दाबी गरे ।

बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार  ७ : ४६ बजे