कांग्रेसको घोषणापत्रका लागि सुझाव दिन आह्वान



नेपाली कांग्रेसले घोषणापत्रका लागि सर्वसाधारणबाट सुझाव संकलन गर्ने भएको छ । कांग्रेसको घोषणापत्र तयारी समितिले ह्वाट्स एप, भाइवर, इमो, आफ्नो आवाज रेकर्ड गराएर, क्यूआर कोड स्क्यान गरेर, ई–मेल, ट्वीटर, फेसबुक लगायतका माध्यमबाट सुझाव दिन आह्वान गरेको हो ।

उपयुक्त सुझावलाई घोषणापत्रमा समावेश गरिने समितिले बताएको छ । समितिले त्यसका लागि आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सम्मका कार्यक्रम गरिरहेको समितिका प्रवक्ता एवम् सहमहामन्त्री जीवन परियारले बताए ।

प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार  १० : ०६ बजे