दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

फुङ्लिङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०र८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०र८१ पहिलो महिना अर्थात् गत साउनमा एक हजार एक सय…