काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा आजदेखि चण्डेश्वरी जात्रा सुरू भएको छ । यो जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्छन् । बर्सेनी चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिएको छ । बनेपालीले यो जात्रालाई निकै महत्व दिने गरेका छन् । जात्राको…