काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आइतबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ । संसद सचिवालयले निर्धारण गरेको कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी…