नातिनीसंगै कक्षा २ मा पढ्छन् ५७ वर्षका जुँगेबहादुर

पुरुषोत्तम थापा, दुल्लु । नारायण नगरपालिका–२ भैरवटोलका जयबहादुर सुनार ‘जुँगे’ ५७ वर्षको हुनुभयो । उहाँ आफ्नै वडामा रहेको श्री खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्नुहुन्छ । बिहान सबेरै उठ्नुहुन्छ, अनि घरको जे काम छ सकाउनुहुन्छ् । जब ९ बज्छ उहाँ विद्यालय जानका लागि तयार हुनुहुन्छ । एक हातमा लौरो, एक हातमा कान्छो छोराको…