गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशवासीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कोरोना महामारीमा नागरिकको जीवन रक्षा गर्न बजेटको अभाव नरहने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ,“कोरोना भाइरसको रोगथाम एवम् नियन्त्रणका लागि तीनै तहका सरकारको…