काठमाडौं, ४ वैशाख रोजगारीका लागि होटलमा काम गर्न सात वर्षअघि युएई जानुभएका म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका २७ वर्षीय इन्द्रबहादुर विक भिसा अवधि सकिएपछि दुई वर्षअघि सामान आपूर्ति गर्ने अर्को कम्पनीमा काम गर्न थाल्नुभएको थियो । होटलमा राम्रै कमाई गरिरहेका विकले भिसाको म्याद सकिएपछि थप प्रक्रिया पूरा नगर्दा नयाँ कम्पनीले सेवा सुविधा नदिएपछि बिलखबन्दमा पर्नुभयो ।…