मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छानविन समितिले एनआरएनएको बारेमा तत्काल उपयुक्त निर्णय लिनुपर्छ : महासचिव सुबेदी



काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का महासचिव बुद्धी सागर सुबेदीले सिआईबीको रिपोर्ट र निर्वाचन धाँधलिको प्रमाणका आधारमा नेपाल सरकारबाट गठित छानविन समितिले उपयुक्त निर्णय लिनेमा आफु विश्वस्त रहेको बताएका छन् । गैरआवासीय नेपाली संघको निर्वाचन तथा व्यावसायिक कामको सिलसिलामा ७ महिना नेपाल बसाईपछि अमेरीका फर्कने क्रममा उनले यस्तो बताएका हुन् ।

सिकागो अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका गैरआवासीय नेपाली संघका विभिन्न तहका पदाधिकारी, सदस्यहरु एवं विभिन्न संघसंस्थाका प्रतिनिनिहरुलाई धन्यबाद ज्ञापन गर्दे उनले अनलाईन मतदान प्रणाली खारेज गर्नुपर्ने धारणा राखे । पहिलो पटक प्रयोग गरिएको अनलाईन भोटिंगका कारण गैरआवासीय नेपाली संघमा विग्रह आएको भन्दै अवको निर्वाचनमा भौतिक उपस्थितिबाटै हुनुपर्नेमा उनले जोड दिए।

सुबेदीले नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता प्रदान गरेपनि यसको प्रयोग र अधिकारबारे अन्यौलता रहेको भन्दै नेपालको संविधानले दिएका अधिकार कुन्ठीत नहुने गरि छिटो भन्दा छिटो कानुन तथा नियमावली निर्माण गर्न सरकारसंग आग्रह गरे । गैरआवासीय नेपाली नेपालमा लगानी गर्न इच्छुक भएपपनि व्यावसायमैत्रि बाताबरण नरहेको भन्दै लगानी भित्राउने हो भने नारामा मात्र होइन वातावरण सुधारमा काम गर्न सरकारलाई सुझाव दिए । नेपालमा आफ्नो लगानी रहेको पाँचतारे होटेल टाइगर प्यालेस छिट्टै पुर्ण रुपमा संचालनमा आई रोजगारी तथा राजश्व बृद्धिमा टेवा पुर्याउने विश्वास पनि उनले व्यक्त गरे ।

नेपाली जनसम्पर्क समिति सिकागो च्याप्टर सभापति कृष्ण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जयनेपाल फाउण्डेसनका च्याप्टर सभापति खेम पन्थिले स्वागत गरेका थिए । कार्यक्रममा पुर्व सांसद राम ज्ञवाली, गैरआवासीय नेपाली संघ अमेरीका युवा क्षेत्रिय उपसंयोजक विशाल राना, जयनेपाल फाउन्डेसनका प्रवक्ता एवं गैरआवासीय नेपाली संघ अमेरीकाका पुर्व सल्लाहकार लाल काफ्ले, गैरआवासिय नेपाली संघ क्यानडाका निवर्तमान सभापति दिपक गौतम, सिएनएफएसका पुर्व अध्यक्ष खेम पाठक, नयाँ एप्पलटनका नवनिर्वाचित अध्यक्ष हरि अधिकारी गैरआवासीय नेपाली संघ अमेरीकाका सदस्य दुर्गा तिवारी, विस्कान्सेन च्याप्टरका महिला उपाध्यक्ष साधना रेग्मी, सिएनएफएसका सल्लाहकार हुमकान्त काफ्ले, गैरआवासीय नेपाली संघ इलिनोएस च्याप्टरका सभापति बलराम पोखरेल, विस्कान्सेनका अध्यक्ष राजकुमार हमाल, च्याप्टर कोषाध्यक्ष देबेन्द्र तिवारी, लगायतले महासचिव सुबेदीलाई स्वागत गर्दै मन्तव्य व्यक्त गरेका थिए ।

जयनेपाल फाउण्डेसनका विस्कान्सेन च्याप्टर सभापति गोविन्द श्रेष्ठले संचालन गरेको कार्यक्रममा पुर्व साँसद ज्ञवालीले गैरआावसीय नेपाली संघले सवैको साझा संस्थाको रुपमा नेपालको विकासमा टेवा पुर्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ५ : ५४ बजे