मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगलमा सुरु गर्यो राहदानी सेवा



लिस्बन ९पोर्चुगल०, १२ चैतः राहदानी सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आइपुगेको छ ।विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी लिस्बन आइपुगेको हो । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी आइतबारबाटै राहदानी सेवा दिन शुरुआत गरेको छ ।

आइतबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका, राहदानी हराएका, पोर्चुगलको अध्यागमन निकाय ९आइमा० मा बायोमेट्रिकका लागि समय लिइसकेका र पोर्चुगलमा जन्मेका बालबालिकाका गरी ५४ जनाको विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क संकलन गरिएको टोलीले जनाएको छ ।

टोलीले राहदानी हराएका, क्षति भएका, २०२३ डिसेम्बर ३१ सम्म म्याद सकिएका, पोर्चुगलको अध्यागमन निकाय ९आइमा० मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका बालबालिकाको प्राथमिकताका आधारमा विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गर्ने टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख बस्नेतले  जानकारी दिइन्। 

शिविर अवधिभर दैनिक एक सय जनाका दरले सात सय जनाको विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलनको लक्ष्य रहेको बस्नेतले बताइन् । टोलीले प्राथमिकताका आधारमा जैविक तथ्याङ्क सङ्कलनका लागि आवेदकको नामावली प्रकाशित गर्ने जनाउँदै उनले सोही बमोजिम इनरोलमेन्ट सेन्टरमा उपस्थित हुन सेवाग्राही आवेदकलाई आग्रह समेत गरेकि छन् ।

पोर्चुगलमा राहदानीबिहीन बनेका, राहदानी नभएकै कारण समस्यामा परेका र पोर्चुगलको अध्यागमन निकाय ९आइमा० मा बायोमेट्रिकको समय लिएका लगायत राहदानीको अत्यावश्यक परेकाका लागि तत्कालको राहतका लागि दूतावासले शिविरको ब्यबस्था गरेको हो । एक सातासम्म सञ्चालन हुने राहदानी सेवा शिविरमा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली संघ–संस्थाले समन्वय र सहजीकरण गरेका छन् । 

टोलीले आगामी मार्च ३१ सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रवाह गर्ने जनाएको छ । गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौँको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ३५ बजे