मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोर्चुगलमा दुई जना नेपालिको मृत्यु , घटनाको अनुसन्धान हुँदै



लिस्बोन, (पोर्चुगल) । लामो समय देखि राजधानी लिस्बोनमा बस्दै आएका उमान सिङ्ग गुरुङ्गको मृत्यु भएको छ । राजधानी लिस्बोनको इन्तेतिन्ते भन्ने ठाउमा बस्दै आएका गुरुङ्ग केही समय देखि काम नगरी बसेका त्यही घरमा बस्ने अन्यले बताएका छन ।

त्यस्तै अर्का झापा स्थायी घर भएका पवन श्रीवास्तबको पनि मृत्यु भएको छ ।उनी पोर्चुगलको ताविरा भन्ने ठाउँमा बस्दै आएका थिए। घटनाको सत्यतथ्य छानबिन हुँदै गरेको गैर आवासीय नेपाली सङ्ग (एनआरएनए )पोर्चुगलका उपाध्यक्ष दीपा काफ्लेको भनाई छ ।

पोर्चुगल प्रहरिको प्रारम्भिक अनुसन्धान अनुसार दुबै जनाको हृदय घातका कारण मृत्यु भएको हुन सक्ने बताईएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : ०७ बजे