मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए विवाद : समितिले सरकारलाई बुझायो प्रतिवेदन,घले समूह महाधिवेशनको तयारीमा



काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनका देखिएको विवादका बारेमा सरकारद्वारा गठित छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । करिब ४५ दिन लगाएर गरिएको अध्ययन प्रतिवेदन सरकारलाई बुझाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले पुष्टि गरे ।

छानविन गर्न सहन्यायाधिवक्ता ध्रुव कुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी उपरीक्षक र महालेखा परिषदका उपसचिव एक जना रहने गरी छानविन समिति गठन गर्ने निर्णय गरेको थियो । प्रतिवेदन भने सार्वजनिक गरिएको छैन् ।

एनआरएनएको ११ औँ महाधिवेशनमा डा.बद्री केसीले भेरो सिस्टम ह्याक गरेर निर्वाचन आफ्नो पक्षमा पारेको प्रतिस्पर्धीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएपछि विवाद उत्सर्गमा आएको थियो ।
त्यसपछि शर्मा र श्रेष्ठले केसीलाई अस्वीकारमात्रै गरेनन् उनले शपथ लिएको कार्यसमिति नै अवैध भएको जिकिर गरेका थिए । उनीहरुले अलग्गै महाधिवेशन गरेर नयाँ कार्य समितिमार्फत समानन्तर गतिविधि गर्दै आइरहेका छन् । बद्री समुह भने संस्था नवीकरणका लागि भन्दै अदालत गएको थियो ।

महाधिवेशनको प्रतिनिधी चयनदेखि निर्वाचन प्रक्रियासम्म व्यापक धाँधली गरिएको र अष्ट्रेलियन आइटी कम्पनी भेरोको अनलाइन भोटिङ सिस्टमको चरम दुरुपयोग गरि निर्वाचनको परिणाम आफू अनुकुल घोषणा गर्न लगाई सहमति विपरित केसी र उनको समूहले एकलौटी ढंगमा सपथ ग्रहण गरी संस्था कव्जा गर्न खोजेको भन्दै शर्मा समूहले निरन्तर विरोध गर्दै आइरहेको छ ।

बद्री समुह आफू निर्वाचित कार्य समिति रहेको दाबीसहित मन्त्रालयमा निवेदन दिएको तर नवीकरणमा मन्त्रालयले आनाकानी गरेको भन्दै संस्था नवीकरणका लागि भन्दै अदालत गएको थियो । बद्री समूहले गैरआवासीय नेपाली संघको नियमावली–२०६६ को नियम १२ बमोजिम संस्था नविकरण गर्न माग गरेको थियो । तर संस्था नवीकरण अहिलेसम्म भएको छैन् ।

हाल नयाँ सत्ता समीकरण बनेपछि विभाजित अवस्थामा रहेको एनआरएनए अब के हुन्छ भन्ने विषय पेचिलो बनेको छ । विवाद समाधानका लागि सरकारी स्तरबाट अर्थपूर्ण पहल भएको छैन् ।

शर्मा र केसी समूह बाहेक पूर्वअध्यक्ष शेष घलेको अगुवाइमा बनेको विनोद कुँवरले नेतृत्वको समूहले अलग्गै महाधिवेशनको तयारी गरिरहेको छ । उक्त समूहको मिडिया एण्ड पब्लिकेशन कमिटीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलन मार्च १६ र १७, २०२४ अर्थात बि स २०८० फागुन ३ र ४ गते काठमाडौंमा हुँदैछ ।

सम्मेलनमा बिश्वका २५ भन्दा धेरै देशका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) र ४० भन्दा धेरै देशका प्रतिनिधिहरुले भाग लिने जनाइएको छ । महाधिवेशनको लागि बिश्वभरिबाट प्रतिनिधिहरु नेपाल आउने क्रम शुरु भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १ : ४५ बजे