मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नायिका आशिष्माले गरिन् विहे



काठमाडौं । नायिका आशिष्मा नकर्मी आज विवाह बन्धनमा बाधिएकी छन् । आशिष्माले हाल अमेरिका बस्दै आएका काठमाडौं पुरानो बानेश्वरका नविन्द्रचन्द्र प्रधानसँग विहे गरेकी हुन् । नेवारी परम्परा अनुसार आशिष्माको विहेको लगन बिहान ११ बजेको साइतमा भएको छ ।

साथीभाइलाई भने ३ बजेपछिमात्रै विहे भोजमा बोलाएको र आजै राति आशिष्माको विदाई दिने पारिवारीक स्रोतले जनाएको छ । विहे, कालिमाटी व्यांक्वेटमा गरिएको छ । आशिष्माको विहेका लागि उनको परिवारबाट करीब ४ सय र केटाको तर्फबाट ८० जनाजति जन्ति डाएिको छ । नेवारी विधिविधान लामो हुने भएपनि, हतारमा विहे गर्न लागेकोले एकैदिनमा बिहेसिध्याउने तयारी गरिएको आशिष्माका बाबु संगीतकार मनराज नकर्मीले जानकारी दिए । आशिष्माका बाबुआमाले केटा चिनेका होइनन् ।

आशिष्मा आफैंले रोजेका केटा हुन् नविन्द्रचन्द्र प्रधान । ’’विहे गरेपछि आशिष्मा पनि अमेरिका नै जाने बाबु मनराजाले जानकारी दिएका छन् । आशिष्माको पहिलो नेपाली चलचित्र अन्तराल हो । यो लगायत नकर्मीले अर्धकट्टी , बाटो मुनीको फुल , लभ यु बाबा नामका निकै चर्चित फिल्ममा मुख्य नायिकाका रुपमा अभिनय गरेकी छिन । लभयु बाबा चलचित्र त गिनिज बुक अफ वल्र्ड रेकर्डमा कम उमेरका डाइरेक्टरका रुपमा नाम राख्न सफल भएको हो । आशिष्माले नेपाली र नेवारी गरी करीब २५ चलचित्रमा अभिनय गरिसकेकी छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार  ९ : ३६ बजे