मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिंहदरबार भीत्रै चोरी दुई जना पक्राउ



देशकै सबैभन्दा ठुलो प्रशासनिक केन्द्र सिंहदरबार पछिल्ला दिनमा सुरक्षाको दृष्टिकोणले निकै असुरक्षित बन्दै गैरहेको छ । त्यही  सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।  गत चैत १ मा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको बा १ ब ९९१३ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल चोरीको आरोपमा पक्राउ पर्नेमा सोही मन्त्रालयका कार्यालय सहयोगी भएको पुष्टी भएको छ ।  ललितपुर पुल्चोक घर भएका  चितवन रत्ननगर नगरपालिका–७ का स्थायी बासिन्दा  ३२ वर्षीय रमेश सुनार र उनकै भाइ  ३० वर्षीय दिनेश सुनार रहेका छन् ।

मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । सोही क्रममा उक्त मोटरसाइकल दिनेशलाई दिएको खुलेको थियो । र, इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकल सहित दिनेशलाई समेत बिहीबार चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार  २ : २७ बजे