मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी एकता सम्मानजनक र समान हैसियतमा मात्र



बुटवल चैत, १३–
एमाले माओवादी एकताको मिति नजिकिदै गर्दा एकताको प्रतिकुल हुनेगरी विभिन्न नेताका विचार सार्वजनिक भैरहेका छन् । सोमबार मात्रै माओवादी अध्यक्ष प्रचण्डले ‘फिप्टी फिप्टी’ नभए पार्टी एकता हुँदैन भनेको भोलिपल्ट पूर्वउपप्रधानमन्त्री समेत रहेका माओवादी नेता टोपबहादुर रायमाझीले चित्त बुझ्दो संगठनात्मक हैसियत नभए पार्टी एकता नहुने बताएका छन् ।

सोमबार बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले भने, ‘घडी, समय पोला तोकेर पार्टी एकता हुने विषय होइन । पार्टी एकता हुँदा समान हैसियतमा मात्र हुन्छ । सम्मानजनक र समान हैसियत नभए एकता हुँदैन ।’

नेता रायमाझीले पार्टी एकतावारे हल्ला हुनु स्वभाविक भएको पनि बताए ‘बामगठबन्धन बनाउँदा चुनावी तालमेल हुँदैन भनेर हल्ला भए । सरकार बन्ने कुरामा पनि आशंका गरियो । सरकार बन्दैन भनियो । त्यसपछि पार्टी एकतावारे पनि अनेक टिप्पणी आएका छन् । यो स्वभाविक हो । निकट भविष्यमा पार्टी एकता गराएरै छोड्ने उनको भनाई थियो । सम्पुर्ण बामपन्थी शक्तिलाई एउटै कम्युनिष्ट पार्टी बनाउने उनको तर्क छ ।
प्रतिपक्षसँग सहकार्य गरेर अगाडि बढ्ने नेता रायमाझीले प्रष्ट पारे ।

अर्काको देशका वारेमा धेरै नबोल्न यूरोपियन यूनियनलाई नेता रायमाझीले चेतावनी समेत दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार  १० : ४१ बजे