मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र ‘कृ’ले तिर्ने भयो ११ लाख क्षतीपूर्ती



काठमाडौं–
मंगलबार बेलुका गीत चोरीको आरोपमा प्रहरी हिरासतमा परेका निर्माता सुवास गिरी हिरासत मुक्त भएका छन् । पछिल्लो समय निकै चर्चा कमाउन सफल युवा स्टारर अनमोल केसी अभिनित ‘कृ’ का निर्माता सुवास गिरी फिल्ममा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत चोरीको आरोमा पक्राउ परेका थिए । बुधवार प्रहरी परिसर, टेकुमा पुराना निर्देशक शम्भु प्रधान र निर्माता गिरीबिच ११ लाखमा मिलापत्र भएको छ । निर्माता गिरीले प्रधानलाई गीतको क्षतीपूर्ती स्वरुप ११ लाख रुपैयाँ दिनु पर्ने भएको हो ।
करिब ३४ बर्ष पहिले निर्माण भएको शम्भु प्रधान निर्देशित तथा अनमोलकै बाउ भुवन केसी अभिनित फिल्म ‘सम्झना’ मा समावेश उक्त गीत विना अनुमती फिल्म ‘कृ’ मा राखिएको भन्दै ‘कृ’ का निर्माता विरुद्ध उजुरी परेको थियो । केही हप्ता अगाडि काठमाडौं प्रहरी परिसर, टेकुमा निर्देशक प्रधानले निर्माता भुवन केसीविरुद्ध जाहेरी दर्ता गराएका थिए ।

यद्यपि, चलचित्र विकास बोर्डमा ‘कृ’ निर्मातामा सुवास गिरीको नाम रहेका कारण प्रहरीले उनलाई मंगलवार साँझ अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।मिलापत्रमा ‘कृ’ युट्युबमा आउँदा ‘उकालीमा अघि अघि’ वाक्य काट्नु पर्नेछ । विदेश प्रदर्शनमा भने गीत यथावत नै रहनेछ । निर्देशक प्रधानले जाहेरी दिदा आफूले पचास प्रतिशत पाउनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार  ८ : ५२ बजे