मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमांडौमा निडा चित्रकला प्रदर्शनी शुरु



राजधानि काठमांडौको बबरमहलस्थीत नेपाल आर्ट काउन्सीलमा नेपाल निडा पेन्टीङ एक्जिभीसन एण्ड वर्कशप शिर्षकमा चित्रकला प्रदर्शनी शुरु भएको छ । बबरमहलस्थीत नेपाल आर्ट काउन्सीलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी पुर्ब अर्थ मन्त्री एबं कांग्रेस नेता ञानेन्द्र बहादुर कार्किले दिप प्रज्वलन गरेर प्रदर्शनीको उद्यघाटन गरेका हुन ।प्रदर्शनी धनु आर्ट स्टुडियोले आयोजना गरेको हो ।

युरोपको लिथुआनीयामा रहेको सुन्दर, सानो शहर निडा कला, संस्कृती र पर्यटनका लागि संसारमै प्रसिद्द मानीन्छ । निडा शहरमा बर्सेनी अन्तर्राष्ट्रिय कला महोत्सबहरु आयोजना हुने गरेका छन भने संसार भरका कलाकारहरु निडा पुगेर आफनो देशको कला, संस्कृती पस्कने गरेका छन । गत साल नीडामा सम्पन्न एक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा नेपालबाट भाग लीन गएका नेपालि चित्रकलाका कलाकारहरु धन बहादुर याक्खा, सुनिता राजभण्डारि र नर बहादूर बिके लगायतले नेपाली चित्रकला प्रस्तूत गरेका थीए । त्यही सुन्दर कला, संस्कृती र पर्यटनको पर्यायका रुपमा रहेको निडा शहर र त्यस शहरको अन्तर्राष्ट्रिय कलासँगको सम्बन्धलाइ जोडेर नेपालमा चित्रकला प्रदर्शनी आयोजना गरिएको धनु आर्ट स्टुडियोका सन्चालक एबं चित्र तथा मुर्तिकार धन बहादुर याक्खाले बताए ।
नेपालको कला र संस्कृतीलाइ अन्तर्राष्ट्रिय स्तरमा चिनाएर कला र संस्कृतीलाइ पर्यटनसँग जोडने उद्देस्यले प्रर्दशनी गर्न लागिएको उनले बताए । प्रर्दशनी आगामी हप्ता सम्म चल्ने जानकारि आयोजकले गराएका छन ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहिबार  ४ : १३ बजे