मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्ततः प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत बाटै शुरु हुने औपचारिक घोषणा



प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो भ्रमण भारतको गर्ने भएका छन् । आउदो चैत २३ गते प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने सरकारले औपचारिक घोषणा गरेको हो । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीको २३ देखि २५ गते सम्म राजकिय भ्रमण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । यद्यपि, दुई प्रधानमन्त्रीबीच हुने भेटको समय सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द  लगायतसँग भेटवार्ता गर्ने तालिका तय भएको छ ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाएका थिए । त्यसअघि ओली र मोदीबीच दुई पटक टेलिफोन वार्ता समेत भएको थियो ।

पहिलो प्रधानमन्त्रीत्व कालमा प्रधानमन्त्री  केपी शर्मा ओलीको  भारतसँग सम्बन्ध चिसिएको चर्चा थीयो ।तत्कालीन भारतीय नाकाबन्दि र तेस्को असर स्वरुप नेपाली जनतामा फैलीएको भारत बीरोधी भाबनाले प्रधान्मन्त्री ओली लाइ रास्ट्रबादि नेताको रुपमा हेरीएको थीयो । नेपाली प्रधान्मन्त्रीले पहीलो बीदेश भ्रमण भारत बाट शुरु गर्ने परम्परालाइ तोडदै प्रधान्मन्त्री ओलीले पहीलो बीदेश भ्रमण चीन बाट शुरु गर्छन भन्ने धेरैको अनुमान थीयो तर त्यो अनुमानलाइ गलत साबीत गर्दै प्रधान्मन्त्री ओलीले पहीलो बीदेश भ्रमण भारत बाट शुरु गर्ने भएका छन । प्रधान्मन्त्री ओलीले चुनाब अघाडी भारत बीरुद्द चर्का कुरा गर्ने र भारत भ्रमणमा जाने अन्य नेता हरुलाइ लम्पसारबादि भन्ने गरेका थिए।  प्रधानमन्त्री  ओली को भारत बीरोधि अडान तत्कालिन चुनाब जित्ने रणनीती मात्र भएको सर्बत्र चर्चा हुन थालेको छ । हाल आएर दुबै छिमेकी देश सँग सन्तुलित सम्बन्ध राख्नुपर्ने यथार्थलाइ प्रधान्मन्त्रि ओलि ले आत्मसाथ गरेको देखिन्छ, यद्दपि भोटका लागि छीमेकी देश लाइ गालि गर्ने र सरकारमा पुगेपछी फेरि सम्बन्ध सुधार गर्न जेसुकै गर्न पछि नपर्ने नेताहरुको शैलिले नै छिमेकी देशहरुले नेपालमा राजनैतिक चलखेल गर्ने बाताबरण बनीरहेको परराष्ट्र मामिलाका जानकारहरु बताउछन ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार  १ : ११ बजे