मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता खुमबहादुर खड्काको  निधन



काठमाडौं। नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको  निधन भएको छ । उनको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारको  क्रममा शुक्रबार साझ निधन भएको हो।

अपोलोमा उपचार शुरु भएको ३९ दिनमा खड्काको निधन भएको हो। उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई बचाउन नसकेको बताएका छन्।

नेपाली काँग्रेसले औपचारिक रुपमा खड्काको निधनको पुष्टि गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधनको पुष्टी गर्दै उहाँको आत्माको शान्तिको कामना गर्दै  परिवारजनमा पार्टीका तर्फबाट समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार  १ : १७ बजे