नत्र डा. केसी फेरी बस्ने अनसन बस्ने



डा. गोविन्द केसीले  सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । आफ्ना चारबुँदे माग  पुरा नभए पुनः अनसन बस्ने उनको चेतावनी छ ।

शुक्रबार विज्ञप्ती जारी गर्दै डा. केसीले  चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर जस्ताको तस्तै पारित गर्न, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

उनले त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिनु पर्ने र त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार कायम गर्नु पर्ने माग अघि सारेका छन् ।  त्यस्तै,  डा. केसीले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गरेर उचित कारवाही गर्न समेत जोडदार  माग गरेका छन् ।

डा. केसीले आफ्ना  मागहरु चैत्र महिनाभित्र पूरा गर्न सरकारको ध्यानाकर्षण गराउदै यदि पूरा नभए  सत्याग्रह आन्दोलन शुरु गर्ने जनकारी समेत गराएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार  ७ : १७ बजे