मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दरवारमार्गको नाइट क्लबमा भेटिए पूर्व युवराज “पारस शाह” छोराछोरीको साथमा तर थिइनन् हिमानी



पूर्व युवराज पारस शाह गत बुधबार दरबारमार्गको नाइट क्लब डेजाबुमा देखिए। त्यसदिन त्यहाँ रहेका दर्शक पारसलाई भन्दा उनीसँगै आएका पाहुनालाई देखेर छक्क परेका थिए। ती थिए पारसका दुई छोरी र एक छोरा।

विभिन्न नाइट क्लबमा उधूम मच्चाएको भनि विवादमा तानिइरहने पारस एक बाबुका रुपमा त्यहाँ प्रस्तुत भएका देखिन्थे।

पूर्वराजपरिवारभित्र बाबु र छोरीछोराबीचको यो आत्मीयता सायद गोप्य नै रहन्थ्यो होला, डेजाबु क्लबले आफ्नो फेसबुक पेजमा उनीहरुको सामूहिक फोटो पोस्ट नगरेको भए।

सामान्यतया सार्वजनिक कार्यक्रममा सहभागी नहुने पारस छोराछोरी हृदयेन्द्र, पूर्णिका र कृतिकासहित त्यहाँ पुगेका हुन्।

पारसले क्लबमा आफ्ना तीनै सन्तानसँग खिचाएको फोटो क्लबले पोस्ट गरेको हो। फोटोमा हृदयेन्द्र, पूर्णिका र कृतिकालाई ‘मोर्डन आउटफिट’ मा देखिएका छन्।

पूर्णिकाले पूरा बाहुला भएको गाढा खरानी रङको टि- सर्ट र थोरै ग्रन्च भएको कालो जिन्स लगाएकी छन्। एक हातमा हरियो चुरा र अर्कोमा बाला लगाएकी पूर्णिका फोटामा खुलेर मुस्काएकी देख्न सकिन्छ।

बहिनी कृतिका उनीभन्दा अलि आधुनिक पहिरनमा छिन्। उनी कालो क्रप टिसर्ट र रातो मिनिस्कर्टमा सजिएर त्यहाँ पुगेकी थिइन्। सानो सेतो ब्याग भिरेकी उनले हातमा सेतो ब्रासलेट र रातो नङपालिस लगाएकी छन्। उनको यो लुक्स सुहाउँदिलो देखिएको छ।

छोरा हृदयेन्द्र पनि ‘कूल’ देखिएका छन्, निलो सर्टभित्र खरानी रङको टिर्सटमा। घ्यू रङको पाइन्ट लगाएका उनले दिदीहरुका पछाडि बसेर फोटाको लागि पोज दिएका छन्। उनीसँगै कपाल र दाह्री पालेका पारस कालो कुर्तामा छोरालाई अँगालो मारेर उभिएका देख्न सकिन्छ।

‘मोर्डन आउटफिट’ मा देखिएका पूर्वराजपरिवारको यो पुस्ता सधैं यस्तै स्वरुपमा भने देखिदैंनन्।

गत असार २३ गते आफ्ना हजुरबुवा ज्ञानेन्द्र शाहको जन्मोत्सव कार्यक्रममा उनीहरू योभन्दा बिल्कुलै फरकखाले कपडामा देखा परेका थिए।

क्लबमा टिसर्ट, जिन्स र मिनिस्कर्टमा देखिएका पूर्णिका र कृतिका सो जन्मोत्सव कार्यक्रममा कुर्तासुरूवालमा सजिएका थिए। दुवै जना फिक्का हरियो पूरा बाहुला भएको कुर्तामा मोतीको माला र सानो रातो टीका लगाएर उभिएका थिए, मुस्काउँदै।

दिदीहरुकै साथमा खरानी रङको कुर्ता र ढाका टोपीमा ठाँटिएर उभिएका थिए, हृदयेन्द्र। उनले कानमा सानो टल्किने टप र हातमा घडी लगाएका थिए।

पारस र उनका सन्तान सँगै भने बस्दैनन्। पारिवारीक विवादका कारण पारस आफ्नो परिवारबाट अलग बस्दै आएका छन्। पारसका बुवा ज्ञानेन्द्र, आमा कोमल र पत्नी हिमानीका साथै उनका तीन सन्तान निर्मल निवासमै बसिरहेका छन्। पारस भने आफ्नी फुपू शोभा शाहीका छोरा विकास शाहीको घर सुनाकोठीमा बस्छन्।

थाइल्याण्डबाट फर्केर आएदेखि नै उनी परिवारदेखि अलग बस्दै आएका हुन्। आफ्ना छोरीछोरीसँग पारिवारीक जमघट र सार्वजनिक कार्यक्रममा भने उनी देखा पर्दै आएका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  ४ : २३ बजे