मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्नी लियोनीलाई राखीको प्रश्नः तिमीले कहिले पेट बोक्यौ ?



‘मैले त मुसो पनि पाउन सकिनँ’

बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनी यतिबेला चर्चामा छिन् । एकाएक जुम्ल्याहा बच्चाको आमा बनेको खुलासा गरेर उनी चर्चामा आएकी हुन् ।

सन्नीले आफ्ना जुम्ल्याहा बच्चाको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । लगत्तै उनको ट्रोल सुरु भएको थियो । धेरैले उनी गर्भवती नभई बच्चा पाएको भनेर उडाएका छन् । यसरी उडाउनेमा मिसिएकी छिन् ‘ड्रामा क्वीन’ राखी सावन्त ।

राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा दुईवटा भिडियो पोस्ट गरेर सन्नीको मजाक उडाएकी हुन् । उनले सन्नीमाथि विभिन्न प्रश्नको वर्षा गरेकी छिन् ।

उनी भन्छिन्, ‘हाई सनी लियोनी ! तिमीले जुम्ल्याहा बच्चा जन्माएकोमा म ज्यादै खुशी छु । तिमीलाई बारम्बार शुभकामना । यार, मलाई थाहै भएन तिमीले कहिले पेट बोक्यौ र कहिले बच्चा पायौ ?

एकदम गुपचुप तरिकाले तिमीले यो सब गरिछौ । एकतिर ‘लैला मै लैला’ गीत पनि गर्‍यौ र अर्कोतर्फ बच्चा पनि पायौ । के तिमी लस एन्जेलस गएको बेलामा यी बच्चाहरु जन्मिएका हुन् ?’

त्यसपछि राखीले सिकाइन्, ‘ठीक छ, सुन । बच्चाहरुलाई एकदम राम्रोसँग पालनपोषण गर्नू । राम्रो स्कुल र कलेजमा पढाउनू । जसरी तिमी खरर अंग्रेजी बोल्छेउ नि, बच्चाहरुलाई पनि त्यसैगरी बोल्न सिकाउनू । अनि बच्चा पैदा गर्दै जानू । तिमी एकदम राम्रो गर्दैछौ । किप रकिङ ।’

राखीले अर्को एउटा भिडियो पनि पोस्ट गरेकी छिन् जसमा उनी भन्छिन्, ‘अब त तिम्रा तीन बच्चा भए । तिमीले बिहे पनि गर्‍यौ र बच्चा पनि पायौ । हेर न, मैले त अहिलेसम्म एउटा मुसो पनि पैदा गर्न सकिनँ । अब मैले कसैलाई समात्नैपर्छ मैले पनि केही न केही पैदा गर्नैपर्छ ।’

त्यसो त सन्नीले आफ्ना जुम्ल्याहा बच्चाहरु सरोगेसीबाट पाएको भनेर पहिल्यै प्रष्ट पारिसकेकी थिइन् । तैपनि उनलाई उडाउने क्रम रोकिएको छैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  ४ : २७ बजे