मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली गितबाट चोरीएको उत्कृष्ट हिन्दी गितहरु…भारतिय मिडियाले नै तयार पारेको भिडियो



गित संगितमा अलिकति कहीं कतै थोरैमात्र संगित मिल्दो जुल्लो हुँदा कति हंगामा मच्चिन्छ भन्ने कुरा त हामीले समाचारहरुमा देख्दै र पढ्दै आएका छौ । तर गितको पुरै संगित नै शत्‌प्रतिशत मिल्नु भनेको कुनै संयोग भने पक्कै होइन ।

हाम्रा नेपाली फिल्म तथा संगित क्षेत्रलाई धेरै आरोपहरु लागिरहेको हुन्छ । कहिले हिन्दी बाट चोरेको त कहिले हलिउड भने कहिले भारतकै मद्रासी फिल्मबाट चोरेको भन्ने जस्ता आरोपहरु हामी सुन्दै आएका छौ । तर हिन्दी फिल्म तथा संगितमा नेपालीबाट प्रभावित भएर चोरिएको भने हामी कम सुन्छौ ।

सायद धेरैलाई थाहा नहुन सक्छ कि पुरानो नेपालको चर्चीत फिल्म “साईनो” को ए टु जेट कपी फिल्म ‘बन्धु’ नेपाली फिल्म चलेको धेरै समयपछि बनेको थियो । जुन फिल्म नेपालीमा नायक भुवन केसी र डेनी डेन्जोङ्पा थिए भने हिन्दी भर्जनमा पनि डेनिकै भूमिका रहेको थियो । जुन फिल्मको कथा संगित सबै हुबहु थियो । फिल्म पनि नेपालको पोखरामा शुटिङ भएको थियो । जुन हिन्दि भर्जन अहिले युटुबबाट पनि हेर्न सकिन्छ । जसमा स्क्रिप्ट राईटर लगायत अन्य टिम उही थियो ।

त्यस्तै गितहरुमा पनि नेपाल बाट प्रभावित हुँदै धेरै गितहरु भारतले चोरिरहेको छ । जुन गितहरु बलिउडमा निकै चर्चामा पनि थिए ।

हेर्नुहोस् प्रमाण सहितको भिडियो

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  ४ : ४९ बजे