मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रियंका र रणवीरबीच मध्यरातिको फोनले तरंग



मुम्बई – प्रियंका चोपडाले बिहीवार मध्यराति रणवीर कपुरलाई भिडियो कल गरेपछि बलिउड बजारमा नयाँ तरंग छाएको छ। प्रियंकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रणवीरलाई भिडियो कल गरेको बताइएको छ। भिडियो कलमा उनीहरुले महिला दिवसको बारेमा कुरा गरेका थिए।

प्रियंकाले रणवीरलाई महिला दिवस मनाउनुको सार्थकता बारे प्रश्न गरेकी थिइन्। रणवीरले पनि महिलाको सम्मानका लागि एक दिन छुट्याएर मात्र सम्मान नहुने बताएका थिए। उनले यस्तो सम्मान प्रत्येक दिन हुनुपर्नेमा जोड दिए। प्रियंकाले महिला दिवस कसरी मनाउनुभयो भनेर प्रश्न गर्दा रणवीरले ‘गली ब्वाय’को पुरै टीमले महिलाको सम्मानका लागि मिनी स्कर्ट लगाएको जानकारी गराए।

लगत्तै रणवीरले प्रियंकालाई हिन्दी फिल्मका लागि छिट्टै भारत आउन आग्रह गरेका थिए। प्रियंकाले पनि यस विषयमा कुरा भइरहेको, केही समयमै भारत आउने र हिन्दी फिल्ममा अभिनय गर्ने बताइन्। प्रियंकाले हिन्दी फिल्मका लागि आफ्नो भावी योजना पनि सुनाएकी थिइन्।

प्रियंका अहिले अमेरिकामा क्वाँन्टिको – ३ को सुटिङमा व्यस्त छिन्। उक्त फिल्मको सुटिङ सकिनेवित्तिकै भारत फर्किने र हिन्दी फिल्ममा देखिने संकेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रियंकाले मध्यराति फोन गरेपछि रणवीर आश्चर्यमा परेका थिए। रणवीर त्यतिबेला आफ्नो आगामी फिल्म ‘गली ब्वाय’को सुटिङका लागि यात्रारत रहेको बताइएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  ४ : ५६ बजे