मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के हुदैछ प्रधान्मन्त्री ओलीको भारत भ्रमणमा ?



प्रधान्मन्त्री ओलीले यहि चैत्र २३ बाट भारतको औपचारिक राजकिय भ्रमण गर्दैछन । प्रघान्मन्त्रीको भारत भ्रमणलाइ देश भित्र र बाहिर समेत चासोका साथ हेर्ने गरिएको छ भारतसँग सम्बन्ध चिसीएको भनिएका प्रधान्मन्त्री ओलिको भारत भ्रमणलाइ झनै महत्व र चासोका साथ हेरिएको छ । प्रधान्मनत्री ओलिको यो भ्रमणले राम्रै चर्चा पाउने देखिन्छ ।

भ्रमणको मीति नजिकीदै गएपनी भ्रमणका एजेण्डा बारेमा खासै छलफल नभएको र टुंगो लागि नसकेको बुझीएको छ । ब्यापारिक समुहहरुले प्रधान्मनत्रीलाइ भेटेरै आयात निर्यातको सहजताको बाताबरण बनाउनका लागि जोडदार कुरा उठाइदिनआग्रह गरिसकेका छन भने सत्ता साझेदार माओबादिले भ्रमणका बारेमा प्रधान्मनत्रीसँग छलफल नभएको जनाएको छ ।जानकारहरुका अनुसार यो भ्रमणमा कनै नयाँ सन्धी सम्झौता पूनराबलोकन हुने त्यती सम्भाबना नरहेको र यो भ्रमणलाइ प्रधान्मन्त्री ओलीले सम्बन्ध सुधार गर्ने अबसरका रुपमा प्रयोग गर्ने बुझीएको छ ।


प्रधान्मन्त्री ओलीको भारत भ्रमण पनि भ्रमणका एजेण्डा बारेमा सरकार संबेदन्सील नहूदा, भारतीय प्रधान्मन्त्री र राष्ट्रपतिसँग भेटघाट हुने र भारतले कुनै सहयोग घोषणा गर्नै पूरानै शैलीको नीरन्तरतामै टुंगीने सम्भाबना देखीएको छ । नेपालले भोग्दै आएका पारबहन र सीमा समस्याका बारेमा ओलीले दह्रो अडान राख्न सकेनन् भने प्रधान्मन्त्री ओलीको राष्ट्रबादी क्रेज नीकै ओरालो लाग्ने जानकारहरु बताउछन ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार  १२ : १७ बजे