मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद बैठकले पारित गरयो कांग्रेस नेता खड्काको शोक प्रस्ताव



काठमाडौं चैत, १९–
आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको  अलगअलग बैठकले नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
आज बसेको अलगअलग बैठकले पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौनधारण समेत गरिएको थियो । गत शुक्रबार निधन भएका खड्का विसं २०४८, २०५१ र २०५६ सालमा दाङबाट नेपाली कांग्रेसको तर्फबाट  प्रतिनिधिसभा सदस्य  निर्वाचित भएका थिए ।   खड्काको यही चैत १६ गते ६८ वर्षको उमेरमा निधन भएको थियो ।

लामो समय प्रवास र जेल जीवनसमेत व्यतित गर्दै प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलमा नेतृत्वदायी भूमिका निर्वाह गरेका  स्व खड्काले विभिन्न समयमा भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू–संरक्षण, आपूर्ति एवं जलस्रोत लगायत मन्त्रालयको  कार्यभार सम्हालेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिनको १ बजे र राष्ट्रियसभाको बैठक अपराह्न ४ बजे बस्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार  ११ : २९ बजे