काठमाडौको नाचघर जमल मा अन्तर्राष्ट्रिय हरियाली मन्च नेपाल सास्कृतिक समूहको आयोजनामा कृष्टिना सुनुवारको सहयोगार्थ सास्कृतिक कार्यक्रम भब्यता पुर्बक सम्पन भएको छ । सस्थाका अध्यक्ष भीषण राई को सभापतित्वमा सम्पन उक्त सास्कृतिक कार्यक्रममा नेपालका चर्चित गायक शम्भु राई, तारा प्रकाश लिम्बू ,मेलिना राई ,श्रीयसी चेम्जोङ,दिपा लामा , रश्मि राई ,सुरज पौडेल ,भिम लिम्बू लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।
स्वर्गीय कृष्टिना सुनुवारका बुबा आमा समेत उक्त सहयोगार्थ कार्यक्रममा उपस्थिती रहेका थिए । बृहत सास्कृतिक कार्यक्रमको प्रमुख आकर्षकका रुपमा सुस्मिता बुर्लाकोती बोली डान्सर र हास्य कालाकार को प्रस्तुतीले दर्शकहरु रमाइलो मानी कार्यक्रम अवधिसम्म हेरिरहेका थिए ।
कोषको लागि गरिएको कार्यक्रम बाट कुल ७० हजार ५ सय ५५ रुपयाँ उठेको रकम कृष्टिनाका बाबूले अर्का दुबै मुर्गौला फेल भएका सुमन निरौला लाई आफ्नो छोरीलाई बचाउन नसके पनि सुमन लाई बचाउनको लागि आफ्नो छोरीको नामबाट उठेको रकम सुमन निरौलालाई हस्तान्तरण गरेका थिए