मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को बन्ला अबको प्रहरि प्रमुख ? ट्र्याक रेकर्ड,र कार्य सम्पादन मूल्यांकन, को आघारमा नँया प्रमुख



वर्तमान प्रहरी प्रमुख प्रकाश अर्यालले आउदो चैत २९ गतेबाट अवकाश लिदैछैन् । सेवा अबधि समाप्त भए सगै प्रहरी प्रमुख प्रकाश अर्यालले अनिबार्य अबकाश लिनु पर्ने भएको हो ।

 

यस अघिको प्रहरी महानीरिक्षक नियुक्तिमा ठुलै बिबाद उत्पत्र भएको थियो ।  सरकारले   हरेक पटक प्रहरी महानीरिक्षक नियुक्ति गर्दा बिबाद र असन्तुष्टीका समाचारहरु आइ नै रहेका हुन्छन । विगत लामो समयदेखि नेपालको प्रहरी संगठनमा राजनीतिक हस्तक्षेपले नराम्रोसँग खेल्दै आएको कुरा बारम्बार आइरहने गरेको छ।

 

संगठनमा कार्य सम्पादन मूल्यांकन भन्दा पनि गणेश प्रवृति हावी भएको अवस्थाले संगठनमा मरिमेटेर संगठन हितका लागि काम गर्ने जहिले पनि ओझेलमा पारिदै आएको प्रहरी अधिकारिहरु ले नै बताउने गरेका छन । यसअघि  पुर्ब निर्णायक मण्डली द्दारा गरिएको मनपरि तरिकाबाट गरिएको डाआईजीपी प्रमोशन र नवराज सिलवालको केशले सबै कुरालाई घामझै छर्लङ्ग पारिसकेको छ ।

यतिबेला पनि प्रहरी संगठनमा आईजीपीको मुद्दा निकै पेचिलो बन्दै गैरहेको छ । मुलुकमा सुशासन स्थापना गरेरै छोड्ने कुरा बताइरहेको बर्तमान सरकार र सरकारका गृह मन्त्रीले अब हुने प्रहरी प्रमुख नियुक्ति कार्य सम्पादन मूल्यांकन, योग्यता, अनुभब र न्याय स्थापना गर्न खेलेको भुमिकाको आधाहरु लिईने भएको छ ।

हाल प्रहरी संगठनमा एकैब्याजका ७ जना डिआइजि हरु कार्यरत रहेको र उनीहरु मध्येबाट कार्य सम्पादन मूल्यांकन, सेबा प्रबेश देखिकै  ट्र्याक रेकर्ड, प्रहरीको सस्थागत बिकाश, प्रणालिगत सुधार, सगठन सुधारको लागी असहज बाताबरणमा बसी परिक्षा दिई सफल भैसकेका,  योग्यता अनुभबका आधारमा प्रहरी प्रमुख छानेर जनताको मन जितने अबसरको लाभ बर्तमान सरकारले लिन सक्नुपर्ने देखिन्छ ।

हाल नेपाल प्रहरिमा सर्बेन्द्र खनाल, धिरु वस्नेत, रमेश खरेल, ठुले राइ, मनोज न्यौपाने,शुरेस बिक्रम शाह र पुस्कर कार्की, डिआइजीमा कार्यरत छन ।

अहिले सम्भाबित प्रहरी प्रमुख भनेर समाचारमा  आइरहेका चर्चित र परिचचिर्त नामहरु आएका छन् । चर्चा र परिचर्चामा आएका अधिकृतहरु भन्दा पनी स्बँभिबानी, सगठनको परिधी भित्र रही सगठन सुधारको लागि ठुलो योगदान दिई रहेको र पछीका दिनहरुमा प्रहरी सगठनमा आमुल परिबर्तन गर्ने सक्ने ब्यक्तीहरु अबको नेतृत्बमा जानेको कुरामा कुने दुबिधा नरहेको छ अधिकारीक श्रोतको दावी  छ । यसपालीको प्रमोशनमा हाम्रा भन्दा राम्राले प्रश्रय पाउने छ ।

लथालिङ, बेथीती, मनपरितन्त्र, राजनैतिक बिबादबाट ग्रसित नेपाल प्रहरीलाई बाहिर ल्याउदै नंया सरकारबाट जनतामाझ सुरक्षाको प्रत्याभुती दिलाउन, प्रहरीमा आमुल परिबर्तन र आन्तरिक सुरक्षा सुदीढिकरणको लागी राम्रो भिजन, ईच्छा शक्ती भएको ब्यक्ती नेतृत्बमा ल्याउने पर्ने मनस्थीतीमा प्रधान मन्त्री के.पी.सरकारको बुझाईमा रहेको छ । प्रतिस्पर्धीहरु मध्ये अब हुने आईजीपीमा प्रबल दाबेदारको रुपमा डिआईजीपी धिरु बस्न्यात देखिएका छन् । अपराध र अपराधिलाई तहस नहस पार्ने, जहा गए पनी उदाहरणिय भुमिका निर्बाह गरि जनताको छबी जित्न सफल, एस.एस.पी.मै रहदा निरन्तरुपमा दुई बर्ष सम्म कार्य दक्षता मुल्याङनमा सर्बोत्कृष्ट भै सम्मानित,  प्रहरीको सुधार र बिशिष्टिकरणको लागी भित्रीरुपमा अतुलनिय ठूलो योगदान दीई सकेको र प्रहरी सगठनलाई सुक्ष्मरुपमा बुझेका, सुरक्षा रणनैतिकार, भिजन भएको, प्रहरीलाई सही मार्ग निर्दैशन दिन सक्ने, जोखिम से जोखिम परिस्थितिमा सफल नेतृत्ब दिईसकेको स्बच्छ छबी प्रहरी अफीसरको रुपमा दरिएका छन् । उल्लेखित उत्कृष्ट क्षमता हुदा हुदै पनी बिना पुष्ट्याई राजनैतिक आस्थाको कारणमा पहिलेको सरकारले  उनलाई  प्रमोशनमा छूटाउन खोजेतापनी नसकेको कारण यसपाली प्रहरीको आमुल परिबर्तनको लागी प्रहरी प्रमुखमा उनको माग रहेको कुरा बिश्बस्त सुत्रबाट थाहा हुन आएको छ ।

प्राय राष्ट्र सेबा प्रति भन्दा पनी बिदेश मात्र गईरहने,  राजधानी काठमाडौं आसपासकै पोष्टीङहरुमा मात्र आफुलाई सिमित राखी काम गर्न रमाउने, देशको पुरै भूगोलको बारेमा बस्तुगत ज्ञानको समेत कमि भएका र  बिभित्र शत्तीकेन्द्रहरु धाइरहने तथा   काठमाडौंमै सबैको आँखामा परिरहनेहरुको प्रहरी अधिकृतहरुको चर्चा बढी देखीने गरेको पनि प्रहरी अधिकारीहरुले बताउने गरेका छन । यस्ता ब्यक्तिहरु नेतृत्बमा आए कुनै पनी हालतमा बर्तमान सगठन बिकाश भन्दा अधोगतिमा जाने र बिसगती र बिकृतीहरु मौलाउन सक्ने कुरा हरु उनीहरुले बताउन थालेका छन् ।

विभीन्न ईकाईहरुमा रहदा उत्कृष्ठ कार्य गरेका, सृजनात्मक कार्यहरु,  नागरिक सेबामा केन्द्रित, प्रहरी कार्य दक्षता प्रतिस्पर्धामा पुलिस ब्याटन बाट पृरस्कृत भै सकेका योग्य अधिकारीहरु  समेत  हाल डिआइजी हरुमा कार्यरत रहेका छन ।  चर्चामा कम देखिएता पनी  प्रहरी संगठनलाई सुद्दिकरणको लागी अतुलनिय योगदान दीई सकेका, सिर्जनात्मक क्षमता भएका र बिगतका सबै प्रतिकुल परिस्थीति सग सफलतापुर्बक झेलेका, सागठनीक ब्यवसायीक दायीत्वलाइ सदैब सर्बोपरी राख्दै र चर्चा परिचर्चा भन्दा प्रहरी संगठनको कामलाई नै सर्बोपरि ठान्ने प्रहरी अधिकारीहरु बाट नै प्रहरी प्रमुख बन्दा प्रहरी संगठनको गरिमा बढने र बर्तमान सरकारको सुसाशनको अठोट समेत पुरा हुने प्रहरी अधिकारिहरु वताउछन् ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार  ८ : ०५ बजे