मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राण्ड एम्बेस्डर बनिन चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह



काठमाडौं चैत, २१–
नेपाली सिनेमाकी चर्चित यूवा पुस्तामाझ लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डरको रूपमा नियुक्त भएकी छिन् । उनलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियुक्त गरेको हो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो संस्था काठमाडौंको पुतलीसडक लगायत अन्य शहरहरूमा रहेको छ ।

आफू ब्राण्ड एम्बेस्डरको रूपमा नियुक्त भएपछी अभिनेत्री शाहले भनिन्, ‘एजुकेशन क्षेत्रमा आफ्नै बिशिष्ट पहिचान बनाएको संस्थासंग आबद्द हुन पाएकोमा खुशी लागेको छ।’ शाहले ब्राण्ड एम्बेस्डर भएपछी एजुकेशन एण्ड माइग्रेसन कर्नरको बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् । एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले भने, ‘साम्राज्ञी शाह जस्तो प्रतिभाशाली अभिनेत्रीलाई आफ्नो संस्थाको अंग बनाउन पाएकोमा हामी गौरबान्बित छौ ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार  ७ : ३७ बजे