मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सलमान खान अब जेलमा



भारतको एक अदालतले बलिउडका सबभन्दा चर्चित मध्येका एक अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकेको   छ।

जोधपुरस्थित अदालतले खानलाई उक्त अपराधमा १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ। उनलाई अब जेल लगिनेछ।

बाउन्न वर्षीय खानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध पुनरावेदन दिन सक्नेछन्।

तर   त्यसका लागि उनले कम्तीमा केही दिन जेलमा बिताउनुपर्नेछ।

जोधपुरस्थित अदालतबाहिर प्रशंसकहरू भेला भएका थिए भने सुरक्षाका निम्ति सयौँ प्रहरी तैनाथ गरिएका थिए। हम साथ साथ हैं’ नामक एक फिल्मको छायाङ्कनको बेला पश्चिमी राज्य राजस्थानमा दुई वटा कृष्णसारको सिकार गरेको आरोप उनीमाथि थियो।

।  यसअघि गाडी दुर्घटनामा सडकमा रहेका एक मानिसको हत्या गरेको आरोपमा चाहिँ सलमान खानलाई सन् २०१५ को डिसेम्बरमा निर्दोष ठहर गरिएको थियो।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार  २ : ०० बजे