मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुँदै



प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुँदैछ । साँझ सवा ५ बजे नेपाली दुताबसामा नेपाली समुदायसँग अन्तरक्रिया गरिसकेका ओलीले समकक्षी मोदीलाई भेट्न लागेका हुन् ।

प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भेटवार्ता हुन लागेको हो । त्यसपछि ओली–मोदी नेपाली दुतावासद्धारा होटल इम्पेरियलमा आयोजित रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले भारतीय कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले कांग्रेस अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंह लगायतसँग भेटवार्ता गरिसकेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार  १ : १८ बजे