मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रघान्मन्त्री ओलि भारत तीर, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल हिडे चिन तीर



 

२५ चैत, काठमाडौं । एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् ।

फस्र्ट सांघाई को-अपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा सियानमा आयोजना हुने ‘प्रोमोटिङ रिजनलपिसः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’मा भाग लिन नेपाल चीन प्रस्थान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘एड्भान्सिङ स्ट्राटेजिक को-अर्डिनेसन फर सेयर्ड डेभ्लपमेन्ट एन्ड एक्स्प्लोरिङ रिजनल को-अपरेसन विषयमा आफ्नो भनाइ राख्ने बताइएको छ ।

नेपाल, चीन, कम्बोडिया, भारत, श्रीलंका, पाकिस्तान र टर्कीका नेताहरुको सहभागिता रहनेछ ।

पूर्वप्रधानमन्त्री नेपालका साथमा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि सहभागी छन् । उनीहरु चारदिनपछि स्वदेश फर्किनेछन्

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतबार  ९ : २३ बजे