मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा चेन्नई विजयी



इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई १ विकेटले पराजित गरेको छ ।

शनिबार मुम्बईको घरेलु मैदानमा चेन्नईले १ सय ६६ रनको लक्ष्य ९ विकेट गुमाउँदै १ बल बाँकी छँदा प्राप्त गर्यो।
म्यान अफ दि म्याच ड्वेन ब्राभोले ३० बलमा ३ चौका र ७ छक्काको मदतले ६८ रन प्रहार गरेका थिए। केदार जाधव २४ रनमा नटआउट रहे।
त्यसअघि मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६५ रन जोडेको थियो। सूर्यकुमार यादवले ४३ तथा हार्दिक पाण्ड्याले नटआउट ४१ र इशान किशनले ४० रन जोडेपछि मुम्बईले बलियो स्कोर बनाएको थियो।

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतबार  ९ : ४० बजे