इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई १ विकेटले पराजित गरेको छ ।
शनिबार मुम्बईको घरेलु मैदानमा चेन्नईले १ सय ६६ रनको लक्ष्य ९ विकेट गुमाउँदै १ बल बाँकी छँदा प्राप्त गर्यो।
म्यान अफ दि म्याच ड्वेन ब्राभोले ३० बलमा ३ चौका र ७ छक्काको मदतले ६८ रन प्रहार गरेका थिए। केदार जाधव २४ रनमा नटआउट रहे।
त्यसअघि मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६५ रन जोडेको थियो। सूर्यकुमार यादवले ४३ तथा हार्दिक पाण्ड्याले नटआउट ४१ र इशान किशनले ४० रन जोडेपछि मुम्बईले बलियो स्कोर बनाएको थियो।