मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँबासि लाइ खुसीको खबर , मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम आउँदो बिहीबार सकिने



सिन्धुपाल्चोक । मेलम्चीको सुरुङ अब सात मिटर मात्र बाँकी रहेको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम आउँदो बिहीबार सकिने आयोजनाले जनाएको छ ।

 

सुरुङ खन्न अब ७ मिटर मात्रै बाँकी रहेकाले बिहीबार सुरुङको ‘ब्रेक थ्रु’ गरिने तयारी थालीएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत परियोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले सुरुङको मुख्य काम लगभग सकिएको र अब एक दुई दिनमा बाँकी काम सक्नेगरी काम भइरहेको बताए ।

यसैबिच आउँदो दशैंअघि नै काठमाडौंमा मेलम्चीको खानेपानी ल्याउने तयारी भइरहेको छ । यसअघि खानेपानी मन्त्री बिना मगरले पनि दशैँसम्ममा कुनै पनि हालतमा पानी काठमाडौँ आइपुग्ने बताएकी थिइन् ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार  ६ : ३८ बजे