मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरुण दलले शरुु गर्यो- देशब्यापी कार्यकर्ता प्रशिक्षण अभियान



काठमाडौं- नेपाल तरुण दलले सातै प्रदेशमा सन्चानलन गर्ने गरि झापाबाट, सम्पुर्ण तरुण प्रशिक्षित सम्पुर्ण युबा संगठित भन्ने नाराका साथ प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण अभियान सुरु गरेको छ।
प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमकोू सम्पुर्ण तयारी पूरा गरि यहि चैत्र २५ गते झापा बाट प्रशिक्षण सुरु गरिएको हो ।

नेपाल तरुण दल केन्द्रिय समितिको आयोजना र जिल्ला समितिको सम्योजनमा प्रदेश स्तरीय प्रशिक्षणू कार्यक्रम सम्पन्न हुने तरुण दलका अध्यक्ष जितजंग बस्नेतले जानकारि गराएका छन । अध्यक्ष बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्न खोजेकाले लोकतन्त्र बचाउन तरुण दलले देश भरि प्रशिक्षण कार्यक्रम गर्न लागेको न्यू सञ्चारसँग बताए। ‘निर्वाचन पछि पार्टी केहि कमजोर भएको छ र जनतामा पार्टीले एजेण्डाहरु लगेर जान सकिरहेको छैन त्यसैले पनि संगठनलाई गतिशिल बनाउन सातै प्रदेशमा कार्यक्रम गर्न लागेका हौँ।’ बस्नेतको भनाइ छ ।

 

नेपाल तरुण दल केन्द्रिय समितिले बनाएको तालिका अनुसार चैत्र २५ र २६ झापा, चैत्र २९ र ३० पर्सा, बैशाख ३ र ४ हेटौंडा, बैशाख ६ र ७ पर्बत, बैशाख ९ र १० रुपन्देही, बैशाख १२ र १३डडेलधुरा र बैशाख ३० र ३१ सुर्खेतमा स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुनेछ । कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रिय पार्सद सहभागी हुनेछन।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार  ४ : ४९ बजे