मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चले खोस्यो, पूर्वप्रधान्यायाधीश श्रेष्ठले चढ्दै आएको गाडि



पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडि सर्वोच्च अदालतका कर्मचारीले खोसेका छन्। श्रेष्ठले कानुन विपरित सर्वोच्चको गाडि, चालक, इन्धन, मर्मत खर्च प्रयोग गर्दै आएको भन्दै कर्मचारीहरूले गाडि खोसेका हुन्। श्रेष्ठले प्रयोग गर्दै आएको बा १३ च ६२४१ नम्बरको गाडि सर्वोच्चका कर्मचारीले खोसेका हुन्। इन्धन तथा मर्मत खर्च लिन सर्वोच्च अदालत गएका गाडिका चालक र गाडिलाई कर्मचारीले नियन्त्रणमा लिएर मुख्य रजिष्ट्रार राजन भट्टराईलाई बुझाइदिएका हुन्।

 

श्रेष्ठले कानून विपरित गाडि प्रयोग गर्दै आएकोले गाडि र चालक जोगमान महतोलाई सर्वोच्च प्रशासनमा बुझाइएको आधिकारीक ट्रेड युनियनका सचिव हरि भट्टराईले बताए। महतो सर्वोच्चका स्थायी कर्मचारी हुन् । तर उनले श्रेष्ठ निवृत्त भएपछि पनि उनकै गाडि चलाइरहेका छन्। पूर्व विशिष्टलाई सरकारी सुविधा दिँदा कानून बनाएर मात्रै दिनू भन्ने सर्वोच्चको आदेश भएपनि सो आदेशलाई लत्याउँदै सर्वोच्चका पूर्व प्रधानन्यायाधीशहरूले नै विभिन्न सुविधा प्रयोग गर्दै आएका छन्। पूर्व विशिष्टलाई सुविधा दिने बारेमा अहिलेसम्म कानुन बनिसकेको छैन। ‘१३ जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्चको गाडि, चालक, इन्धन, मर्मत खर्च प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार  १० : ४७ बजे