आमाबुबा मृत्युकाे चार वर्षपछि जन्मियो बच्चा



बीबीसी–चिनियाँ मिडियाको रिपोर्ट अनुसार चीनमा आफ्नो अभिभावकको कार दुर्घटनामा मृत्यु भएको चार वर्ष पछि तीनको बच्चा जन्मिएको छ । बच्चाको जन्म सरोगेट आमाको सहयोगबाट भएको हो ।

सन् २०१३ मा मृत्यु भएको यो जोडीले मर्नुअघि टेष्ट ट्युब प्रणालीबाट बच्चा जन्माउनको लागि कयैन भ्रुण जमाउन दिएका थिए ।

दुर्घटना पछि तिनको भ्रुण प्रयोग गर्न पाउनुपर्ने भनेर तिनको अभिभावकले लामो न्यायिक लडाई लड्नु परयो ।

बच्चा डिसेम्बर २०१७ मा एक सरोगेट आमाबाट जन्मिएको हो ।

यो हप्ता बेइजिङ्ग न्युजले पहिलो पटक यो समाचार बाहिर ल्याएको हो । यो विषयमा पहिले कुनै कानुन नभएकाले मृत जोडीका अभिभावकहरुले सरोगेसीमा जानको लागि लामो न्यायिक लडाई लड्नु परेको समाचारपत्रले जनाएको छ

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार  १० : ५८ बजे