मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न पुष्पकमल दाहालको अपील



काठमाडौँ — नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सबैलाई अपील गरेका छन् । नयाँ वर्ष २०७५ सालको उपलक्ष्यमा शुभकामना दिँदै अध्यक्ष दाहालले स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सबै नेपालीहरुमा विशेष अपील गरेका हुन् ।

नयाँ संविधान कार्यान्वयन, राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल गर्न २०७४ सालले आधार र उर्जा प्रदान गरेको भन्दै उनले नेपाली इतिहासमा वि.सं. २०७४ साल अविस्मरणीय रहेको पनि उल्लेख गरेका छन् । ‘मुलूकमा संघीय प्रणालीको व्यवहारिक अभ्याससहित स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न हुनु नेपाल र नेपालीका लागि गौरवको कुरा हो’ उनले शुभकामना सन्देशमा भनेका छन् ।
संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको कार्यभार भएको उल्लेख गर्दै दाहालले स्थिरता, सुशासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन आम नेपालीलाई आव्हानसमेत गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार  ५ : ०१ बजे