मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिए, अमेरिकालाइ चेतावनि



रुसी राष्ट्रपति भ्लादिमिर  पुटिनले अर्को कारबाही नगर्न अमेरिकालाइ चेतावनी दिएका छन् । रुसी राष्ट्रपतिको कार्यालयबाट जारी बयानमा भनिएको छ, भ्लादिमिर  पुटिनले जोड दिएर भनेका छन् कि यदि राष्ट्रसंघको चार्टरको उल्लंघन गरेर यस्ता कारबाही हुने हो भने निश्चित रुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको स्थिति आउन सक्छ ।’

पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच फोन वार्ता भएको पनि कार्यालयले जनाएको छ । दुबै नेताले शनिबार भएको आक्रमणले सिरियामा जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयासमा क्षति पुगेको निष्कर्ष निकालेका छन् ।

अमेरिकाले भने बसर अल असद सरकारलाई अर्को तरिकाले पनि दबाव दिन थालेको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले सिरिया सरकारसँग जोडिएका रुसी कम्पनीहरुविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने बताएकी छन् । अमेरिकाको आरोप छ कि सिरिया सरकारको कथित रासायनिक आक्रमणमा रुसी सहयोग छ ।

यसको जवाफमा रुसको माथिल्लो सदनको रक्षा समितिका उपनिर्देशकले भने रुस यो प्रतिबन्धका लागि तयार रहेको बताएका छन् । रुसको सरकारी समाचार एजेन्सीका अनुसार उनले भनेका छन्, ‘प्रतिबन्धले हामीलाई समस्या पैदा गर्न सक्छ । तर, हामीलाई भन्दा धेरै अमेरिका र युरोपलाई हानी पुर्‍याउँछ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार  ७ : ०८ बजे