मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परराष्ट्रमन्त्री ज्ञवाली ५ दिने भ्रमणका लागि चीन जाँदै, भारतले बाजी मारिसकेको चिनको बुझाइ



                                                                ओलीको पहिलो विदेश भ्रमण चीनबाट सुरु गराउने चिनको तयारी थियो

काठमाडौं, ३ बैशाख । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ५ दिने भ्रमणका लागि आज चीन जाँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयारी तथा नेपाल–चीनबीच भएका सहमति-सम्झौताको कार्यान्वयन अवस्थाबारे छलफल गर्न ज्ञवाली चीन जान लागेसँगै राजनितिक वृतमा तरङ्ग फैलिएको छ ।

ज्ञवालीको भ्रमण मुख्यतयः प्रधानमन्त्रीको चीन भ्रमण र तातोपानी नाका खुलाउन केन्द्रित हुने बुझिएको छ ।

यसअघि भारतको भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले लगत्तै चीन जाने तयारी गरेका छन् । यसको तयारीस्वरुप प्रधानमन्त्रीले ज्ञवालीलाई चीन पठाउन लागेका हुन् । यसैबीच उत्तरी छिमेकी चीनले दुई देशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्यको प्रस्ताव गरेको धेरै समय भएपनि यसले मूर्त रुप पाउन सकेको छैन ।

ओलीको पहिलो विदेश भ्रमण चीनबाट सुरु गराउन चीनीयाँ पक्षले तयारी नगरेको भने होईन् ।यता प्रधानमन्त्री ओलीको चाहना भने  यही जुन वा जुलाईमा चीन जानेछ ।

तर, धेरै प्रयास गर्दापनि चीनीयाँ पक्ष ओलीको पहिलो विदेश भ्रमण चीनबाट सुरु गराउन सफल भएनन् । नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले ओलीको पहिलो विदेश भ्रमण भारतबाट गराउन सफल भए ।

निर्वाचन सम्पन्न भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक फोनवार्ता गराए, यही विचमा विदेशमन्त्री सुष्मा स्वराजको नेपाल आगमन भयो । यही कारणले ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गरे ।

ओलीलाई पहिलो भ्रमण आफ्नो देशबाट सुरु गराएर भारतले बाजी मारिसकेपछि चीन मत्थर छ । अहिले पनि चीनले ओलीको चीन भ्रमणबारे कुनै गृहकार्य गरेको छैन् ।

चीनसँग भएको दश बुँदे सहमति अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् । ज्ञवाली राति ११ वजे चीनका लागि प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । हुन त मन्त्री ज्ञवालीको चीन भ्रमणलाई सद्भाव भ्रमणको रुपमा हेरिएको छ । विभिन्न विकास परियोजना, आर्थिक सहयोग लगायत चीनसंग यसअघि भएको सहमति र सम्झौता कार्यन्वयन गर्ने विषयमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण अर्थपूर्ण हुने बताईएको छ ।यस विषयमा पनि मन्त्री ज्ञवालीले चीनीयाँ पक्षसँग कुराकानी गर्ने बुझिएको छ । लामो समयदेखि बन्द रहेको नेपालको सिन्धुपाल्चोक जोड्ने तातोपानी नाका सूचारु गर्नेबारे पनि मन्त्री ज्ञवालीले कुरा गर्ने बुझिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार  ९ : ०९ बजे