काठमाडौँ — वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधबीच सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी मनोनयन गरेका छन् ।निर्वाचित केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले प्रस्ताव गरेको मनोनयन प्रस्ताव पारित भएको छ ।

कांग्रेसको विधानमा अधिविशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनित गर्नुपर्ने उल्लेख भएपनि सभापति देउवाले २६ महिनापछि पदाधिकारी मनोनित गरेका हुन्। तत्कालिन सभापति सुशील कोइरालाले पनि यस्तै अवस्थामा सहमहामन्त्री र विभाग गठन गरेको नजिरका आधारमा सभापति देउवाले पदाधिकारी मनोनयन गरेका हुन् ।










