मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालि कांग्रेसमा पदाधिकारि मनोनित, केन्द्रीय समिती बहुमतले गर्यो निर्णय



काठमाडौँ — वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधबीच सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी मनोनयन गरेका छन् ।निर्वाचित केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले प्रस्ताव गरेको मनोनयन प्रस्ताव पारित भएको छ ।

उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महतलाई मनोनयन गरिएको छ ।
विधान अनुसार सभापतिले मनोनयन प्रस्ताव राख्ने र निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नुपर्छ । निर्वाचित कार्यसमितिमा सभापति देउवापक्षमा सुविधाजनक बहुमत छ ।
वरिष्ठ नेता पौडेल पक्षले भने सभापति देउवा विधानको व्यवस्था र सहमति विपरीत अघि बढेको भन्दै बैठक बहिष्कार गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता महेश आचार्यले विधानको व्यवस्था र सहमति विपरीत मनोनयन गरिएको भन्दै आफ्नो धारणा राखेर बैठक बहिष्कार गरे ।
पौडेल पक्षले विधानको व्यवस्था निलम्बन या बाधा अड्काउ नफुकाई पदाधिकारी मनोनयन गर्न नमिल्ने तर्क गरेको छ । विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै पदाधिकारीको मनोनयन गर्नुपर्ने व्यवस्था छ । सभापति देउवा १३ औं महाधिवशेनबाट सभापति निर्वाचित भएको दुई वर्ष बढी भइसकेको छ ।

कांग्रेसको विधानमा अधिविशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनित गर्नुपर्ने उल्लेख भएपनि सभापति देउवाले २६ महिनापछि पदाधिकारी मनोनित गरेका हुन्। तत्कालिन सभापति सुशील कोइरालाले पनि यस्तै अवस्थामा सहमहामन्त्री र विभाग गठन गरेको नजिरका आधारमा सभापति देउवाले पदाधिकारी मनोनयन गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार  १ : २० बजे