मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेसअब डिजिटलाईज्ड पार्टी’ बन्दै



नेपाली कांग्रेसलाई ‘डिजिटलाईज्ड पार्टी’ बनाउने तयारी थालिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन ।पार्टीका हरेक गतिविधीलाई प्रविधीका माध्यमबाट कार्यकर्ता माँझ पुर्याउनुका साथै प्रविधीकै माध्यमबाट मत संकलन गर्ने रणनीतिमा कांग्रेस रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। शर्माले केही दिनमै पत्रकार सम्मेलन गरेर डिजिटलाईज्ड कांग्रेसको बारेमा सार्वजनिक गर्ने समेत बताए। ‘हामीहरुले अब पार्टीलाई प्रविधीको भरपुर प्रयोगसहित डिजिटलाईज्ट गर्ने तयारीमा छौँ’, मंगलबार नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई दाङमा गरेको सम्बोधनमा उनले डिजिटल कांग्रसको बारेमा बताएका हुन ।

उनका अनुसार कांग्रेसका महासमिति सदस्यहरुलाई पार्टीको हरेक गतिविधीमा ‘एस वा नो’ को धारणा ब्यक्त गर्नेगरी मत लिने व्यवस्था समेत मिलाइने छ। यो व्यवस्था अनुसार कांग्रेसको कुनै योजनाको बारेमा धारणा तयार गर्नुअघि मतका लागि एकिन मिति तोकेर सूचना दिइने र त्यो अवधिमा उक्त योजनामाथि महासमिति सदस्यहरुले इन्टरनेटका माध्यमबाट एस वा नो को मत राख्न पाउने छन्। यसका लागि प्रत्यक जिल्ला पार्टी कार्यालयहरुमा इन्टरनेटको व्यवस्था गरिने भएको छ ।

यसैगरि यसअघिको केन्द्रीय समिती बैठकको निर्णय अनुसार पार्टीले छिटै मेचि महाकालि अभियान शुर गर्न लागेको समेत प्रबक्त्ता शर्माले बताए। अभयानले सरकारका गलत कृयाकलापको भण्डाफोर गर्ने र देशब्यापि कार्यकर्ताहरुको मनोबल उच्च बनाउने प्रबक्त्ता शर्माले बताएका छन ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलबार  १२ : २७ बजे