मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिका सभापति निर्विरोध चयन



काठमाडौँ । राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिमा बुधबार बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो ।

सोअनुसार सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारी निर्विरोध निर्वाचित भएका हुन् ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार  १२ : ४८ बजे